Biratnagar, Morang, Nepal
देश

मिराज ढुंगानालगायतको टोली राहत लिएर नुवाकोटमा

-
अखवारका कुरा
१४ भदौ २०८३, आइतवार

Advertisement

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।

 

नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो ।

 

क्याम्पमा हाल ७६ जना पीडितलाई राखिएको छ । तीमध्ये १२ देखि १७ वर्ष उमेर समूहका १८ जना बालबालिका, १२ वर्षभन्दा कम उमेरका २९ जना र १८ वर्षभन्दा माथिका २९ जना रहेका छन् ।

 

‘धेरै साना बालबालिका भएकाले हामीले उनीहरूका लागि खेलांैना, लत्ताकपडा, भित्री कपडा तथा विभिन्न प्रकारका खाद्यान्न र आवश्यक सामग्रीहरू पुर्याउँदैछौँ,’ मिराजले भने ।

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved