Biratnagar, Morang, Nepal
देश

आयो दशैँ

नवरात्रको पाँचौँ दिन स्कन्दमाता भगवतीको पूजा आराधना हुँदै

-
अखवारका कुरा
१० असोज २०८२, शुक्रवार

Advertisement

काठमाडौँ – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको पाँचौँ दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरी मनाइँदैछ। भगवान स्कन्दकुमार कार्तिकेयलाई काखमा अँगालो हाल्दै मातृत्वसहित ममतामयी स्नेह प्रदान गर्ने भएकैले देवीलाई स्कन्दमाता नामले पुकारिने गरिन्छ।

चार हात भएकी स्कन्दमाता दाहिनेतर्फको माथिल्लो हातमा कार्तिकेयलाई अँगाल्ने, बायाँतर्फको तल्लो हातमा कमल धारण गर्ने र अर्को हातमा वरमुद्रा धारण गर्ने विश्वास गरिन्छ। पद्मासनसहित सिंहमा सवार देवीको आज श्रद्धापूर्वक पूजा आराधना हुने गर्छ।

नवरात्रमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गर्ने परम्परा छ।

राजधानीका प्रमुख शक्तिपीठहरू—गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीमा यस दिन विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ। यस्तै, राजधानी बाहिर पोखराको बिन्ध्यवासिनी, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ।

View : 122

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved