सर्लाही । सर्लाहीमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका – २ राईटरखोरस्थित मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको बिआर ३० ई ६९०२ भारतीय नम्बर प्लेटको मोटरसाईकलले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार गएराती करिब ८ः१५ बजेको समयमा भएको उक्त दुर्घटनामा साईकल यात्री जिल्लाको ईश्वारपुर नगरपालिका – २ राईटरखोर बस्ने किसुन देव साह गम्भीर घाईते भएका थिए भने मोटरसाईकल पछाडी सवार सोहि पालिकाको सुकनाहा बस्ने १४ बर्षिय बिक्की कुमार राउत सामान्य घाईते भएका थिए ।
घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएकोमा साईकल यात्री किसुन देव साहलाई प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले राति करिव १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै, मोटरसाईकलमा पछाडि सवार बिक्की कुमार राउतको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाईकल चालक ईश्वरपुर नगरपालिकास्थित सुकनाहा निवासी मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
View : 34
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved