Biratnagar, Morang, Nepal
देश

हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

-
अखवारका कुरा
२९ भदौ २०८३, सोमवार

Advertisement

नेपालमा तीज धार्मिक पर्वका रूपमा मात्र नभई महिलाहरूको सामाजिक भेटघाट, माइती–घरको सम्बन्ध, दुःख–सुख साटासाट र सांस्कृतिक अभिव्यक्तिको अवसरका रूपमा पनि स्थापित छ । तीजका गीत, नृत्य, पूजा, व्रत र दर खाने परम्पराले यसलाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व बनाएको छ ।

 

पछिल्लो समय रोजगारी तथा अध्ययनका कारण नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेपछि तीज पनि नेपालबाहिर नेपाली समुदायको पहिचान र संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइन थालेको छ । विदेशमा रहेका नेपाली महिलाहरूले पनि आफ्नो अनुकूलताअनुसार पूजा, व्रत, सांस्कृतिक कार्यक्रम तथा भेटघाटमार्फत तीज मनाउने गरेका छन् ।

 

तर तीज मनाउने क्रममा देखिने भड्किलोपन, अनावश्यक खर्च र लामो समयसम्म चल्ने भोज तथा मनोरञ्जनात्मक कार्यक्रमले पर्वको मौलिक धार्मिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने चिन्ता पनि व्यक्त हुँदै आएको छ । त्यसैले तीजलाई आस्था, आत्मसंयम, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचानको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइन्छ ।

 

पण्डित नेपालले पनि तीज मनाउँदा आफ्नो स्वास्थ्य र परिस्थितिलाई ध्यान दिन आग्रह गरेका छन् । विशेषगरी बिरामी, उपचाररत, शोकमा रहेका वा किरियामा बसेका व्यक्तिले आफ्नो अवस्थाअनुसार धार्मिक कर्म गर्नुपर्ने उनको सुझाव छ ।

 

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मातृशक्तिलाई हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्यलाई ध्यानमा राखेर भगवान् भोलेनाथको आराधना गर्न र आफ्ना कामना पूरा होऊन् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved