Biratnagar, Morang, Nepal
देश

गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर

-
अखवारका कुरा
१४ जेठ २०८३, बिहिवार

Advertisement

रामेछाप । गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

गणतन्त्र दिवस जिल्लास्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

यसैबीच, गणतन्त्र दिवसकै अवसरमा आज रामेछाप जिल्ला अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेडक्रस सोसाइटी रामेछापको सहकार्यमा जिल्ला अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

अस्पतालका अनुसार शिविरमा विभिन्न नसर्ने रोगहरूको निःशुल्क परीक्षण गरिनेछ । आयोजकले स्थानीय नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।

View : 38

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved