होली मिलन
विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले होली पर्वको पूर्वसन्ध्यामा संघको विराटनगरस्थित कार्यालयमा होली मिलन कार्यक्रम उल्लासपूर्ण रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको शुभारम्भ संघका अध्यक्ष डा. राजेन्द्र चौधरीलाई वरिष्ठ रेडियोलोजिस्ट डा. आनन्दराज आचार्य तथा डा. यज्ञ राज पाठकले अबिर लगाएर शुभकामना दिँदै गरेका थिए। संघका महासचिव डा. बालकृष्ण साहका अनुसार, चिकित्सकहरूको व्यस्ततालाई ध्यानमा राख्दै लचकदार रूपमा आयोजना गरिएको कार्यक्रम साँझ ६ बजेबाट सुरु भएको थियो। चिकित्सकहरू आउँदै, रंग खेल्दै, शुभकामना साटासाट गर्दै फर्किँदै गरेका कारण कार्यक्रमभर सहज वातावरण कायम रह्यो।
कार्यक्रममा ५० जना भन्दा बढी चिकित्सकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। पूर्व अध्यक्षहरू सहित प्रतिष्ठित चिकित्सकहरू डा. दीपक सिग्देल, डा. प्रकाश काफ्ले, डा. नवीन कुमार कर्ण लगायतको उपस्थिति विशेष रह्यो।
नव गठित कार्यसमितिले सक्रियताका साथ होली मिलन कार्यक्रमलाई निरन्तरता दिएकोमा उपस्थित चिकित्सकहरूले कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए।
रंग, अबिर, हास्य र शुभेच्छाका बीच सम्पन्न यो कार्यक्रमले व्यस्त चिकित्सकहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाएको अनुभूति गराएको थियो।
View : 298
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved