प्रतिनिधिसभा निर्वाचन
विराटनगर - प्रतिनिधि सभा निर्वाचन (२०८२ फागुन २१) नजिकिँदै जाँदा नेपाल तरुण दल, मोरङ क्षेत्र नं. ४ ले ग्रामथान गाउँपालिका अन्तर्गत चुनाव प्रचार–प्रसार तथा तरुण परिचालन समिति गठन गरी अभियानलाई संरचनागत रूपमा अघि बढाएको छ।
संगठनले युवाशक्ति परिचालनलाई प्राथमिकतामा राख्दै वडा–वडामा संयोजक तोकेको जनाएको छ। तरुण दलले राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षा तथा सुदृढीकरणलाई निर्वाचन अभियानको मुख्य आधार बनाइएको उल्लेख गरेको छ।
ग्रामथान गाउँपालिका समितिको संयोजकमा संजय मण्डल तोकिएका छन्। यस्तै वडा नं. १ मा काशीराम चौधरी, वडा नं. २ मा सबल सरदार, वडा नं. ३ मा कृष्णकुमार गच्छदार, वडा नं. ४ मा किरणकुमार चौधरी, वडा नं. ५ मा सुरेन्द्र बिश्वास, वडा नं. ६ मा करणकुमार चौधरी र वडा नं. ७ मा गगनकुमार माझीलाई जिम्मेवारी दिइएको छ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य लिला काफ्ले उपस्थित थिए।
क्षेत्रीय संयोजक सन्तोष महत (स्यान्ट्रो) ले निर्वाचनलाई “संगठनको परीक्षाको घडी” का रूपमा व्याख्या गर्दै गाउँ–टोलस्तरसम्म सक्रिय परिचालन गरिने बताए। “तरुण शक्ति संगठित हुँदा परिणाम स्वतः अनुकूल बन्छ,” उनले भने, “हामी घरदैलो र जनसम्पर्कलाई सघन बनाउँदै अघि बढ्छौं।”
तरुण दलले आगामी दिनमा मतदाता भेटघाट र प्रचार अभियानलाई तीव्र बनाउने जनाएको छ।
View : 38
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved