Biratnagar, Morang, Nepal
देश

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

-
अखवारका कुरा
२५ कार्तिक २०८३, मङ्गलवार

Advertisement

झल्किने गीतहरु सुन्ने बित्तिकै मैले चेन्ज गर्छु किनभने आँखाबाट आँसु आउन थाल्छ । त्यही भएर मैले त्यो मेरो वाइफले तिहारको गीत लाउन थाल्यो तिहारको धुन लाउन थाल्यो भने म तुरुन्तै चेन्ज गर्न लगाइहाल्छु,’ भण्डारी भावुक हुँदै भने । 

 

यस्तै अवस्था कञ्चरपुरको महेन्द्रनगरस्थित ऐँठपुर घर हुने भवानी भट्टको पनि छ । भट्ट अहिले जापानको टोकियोमा बस्नै आएका छन् । भट्टको दुईजना दिदी मध्ये एकजना काठमाडौ र अर्को महेन्द्रनगरमा नै छीन् । सञ्चार व्यवसायमा आवद्ध भट्ट पनि दिदीहरुलाई सम्झिदै न्यास्रो मान्छन् र नरमाइलो मान्दै तिहार सम्झन्छन् । उनी तिहारका दिन काठमाडौ र महेन्द्रनगरमा भएकी दिदीसँग फोन गरेरै कुरा गर्ने योजनामा छन् । उनी भन्छन्, ‘नेपाल जान सकिएन । फोन र सामाजिक सञ्जालवाहेक अर्को विकल्प छैन । सामाजिक सञ्जालबाट दिदीको मुख हेर्दै टिका लगाएको अनुभूती सँगाल्छु ।’

 

यसैगरी पूर्व सञ्चारकर्मी तथा स्तम्भकार तर हाल अन्य पेशामा कार्यरत कुमार कार्की भन्छन्, ‘परदेशिहरुको चाडवाड कि त सप्ताहन्तको छुट्टिमा आउछ कि अर्को साल आउछ भन्ने कथन छ, हाम्रो अवस्था पनि यही हो ।’

 

रोजगारीका सन्दर्भमा साउदी अरबको रियादमा बस्ने कार्की परदेशमा रहेका नेपालीको अवस्था अभिव्यक्त गर्छन्, ‘नेपालीले अरु चाडवाड सरह नै तिहार पनि मनाउदै आएका छन् ।’ 

 

उनका अनुसार सहजता हुनेहरुले परदेशमा सँँगै रहेका चेलिवेटीहरुबाट भाई टिका ग्रहण गर्छन् । केहिले आफैले बनाएका नजिकका चेलिबेटीहरुबाट टिका ग्रहण गर्ने गरेका छन् । नेपालमा रहेका दिदी बहिनीहरुलाई विभिन्न संचार माध्यमबाट संवाद गरि शुभकामना साटासाट गर्ने गर्दछन् । 

 

मोरङको उर्लाबारीका स्थायीबासिन्दा कार्की परदेशमा रहेका नेपालीहरुका लागि विगतका वर्षहरुमा भन्दा हालको आधुनिक युगमा चाडबाड मनाउन अलि सहज, सरल हुँर्दै गएको बताउँछन् । उनी भन्छन्, ‘विशेष गरि मध्यपुर्वका देशहरु साउदी, कतार, युएई, वहराईन, कुवेत, ओमन लगायतका देशमा उल्लेख्य मात्रमा नेपालीहरु छन्, हामीहरु यही पनि नेपाली समुदायमा संलग्न भइ भाइटिका र दिपावली मनाउदै आएका छौ ।’

View : 322

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved