Biratnagar, Morang, Nepal
राजनीति

कोशी प्रदेश सभाका सभामुखद्वारा हरितालिका तीजको अवसरमा शुभकामना ब्यक्त

२० भदौ २०८१, बिहिवार

Advertisement

कोशी प्रदेश सभाका सभामुख  अम्बर बहादुर बिष्टले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई  शुभकामना व्यक्त गरेका छन् । 

सन्देशमा भनिएको छ "नेपाली हिन्दु नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म अविवाहित तथा विवाहित नारीहरूले आफ्नो मनोकाङ्क्षा र परिवारको हितको कामना गर्दै मनाउने हरितालिका तीज नेपाली समाजमा महत्वपूर्ण पर्वको रुपमा रहेको छ ।"

सभामुख बिष्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं अटल सौभाग्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

हरितालिका तीजलाई भड्किलो र तडक भडक बनाउन नहुने मा जोड दिदै यसको धार्मिक महत्व सबैले बुझ्न पर्ने शुभकामना सन्देशमा उल्लेख छ । 

 यो चाडले समाजमा रहेको लैङ्गिक, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको निराकरण गर्दै नेपालीहरूको बीचमा एकता र भाइचारा कायम गर्न सकोस् भन्ने सभामुखको कामना छ । 

View : 525

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved