Biratnagar, Morang, Nepal
मनोरंजन

गायक प्रकाश सिलवालले ल्याए ‘पारिजात’

-
अखवारका कुरा
१ भदौ २०८३, सोमवार

Advertisement

काठमाडौँ । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ’पारिजात’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् ।

प्रेमील भाव व्यक्त गर्ने गीतको भिडिओमा एकतर्फी प्रेमलाई देखाएइको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन् ।

पर्खाइमा रहेका गौरवले प्रेम प्राप्ति गर्छन् वा गर्दैनन् भन्ने विषयलाई पटकथा बनाएर भिडिओका निर्माता शान बस्यातले प्रस्तुत गरेका छन् । 

सरल र मनछुने शैलीमा तयार गरिएको गीतको भिडिओलाई गायक प्रकाश सिलवालकै युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालले कर्णप्रिय स्वर भरेका छन् । सङ्गीत पनि उनकै हो । उनले प्रेमले पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमा प्रस्तुत गरिएको बताए ।

उनले भने, ‘यो गीत प्रेमिल र सरल छ । एउटा केटाले आफ्नो मन परेको मान्छेका लागि आफुमा ल्याउने बदलावसँगै अव्यक्त भावनालाई गीतमा प्रस्तुत गरेका छौँ । प्रेम गर्नेलाई यसले ’कनेक्ट’ गर्छ भन्नेमा विश्वस्त छौँ ।’

उनले अडियो अनुसार नै भिडिओ पनि तयार भएको बताए । गीतमा प्रेमीको रुपमा प्रस्तुत अभिनेता गौरव जीवन्त देखिएका छन् । सम्भावना बोकेको अभिनेताको रुपमा परिचित गौरवले गीतको भाव अनुसार आफूलाई प्रस्तुत गरेको बताए ।

‘गीतमा रहेको शब्द, गायकी भावसँगै निर्माताले तयार गर्नुभएको कथामा सिर्जना गरिएको पात्रलाई जीवन्त बनाउने कोसिस गरेको छु । मेरो पात्र एकोहोरो माया गर्ने प्रेमीलाई समर्पित छ, जसले आफ्नो प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्छ, कुर्न सक्छ र आफूलाई मन पर्ने मान्छेकै खुसीमा आफ्नो मन बुझाउन सक्छ’, अभिनेता विष्टले भने ।  

घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडिओका निर्माता कथाकार शान बस्न्यात हुन् । उनले नै भिडिओको कथा तथा पटकथा तयार गरेका हुन् । यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन् ।

निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडिओमा डीओपी संगम राई, स्टाइलिस्ट अञ्जली रिजाल, मेकअप ज्योति केसी, हेयर अलिजा सिजावाल, साउण्ड देव न्यौपानेको रहेको छ । 

View : 17

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved