Biratnagar, Morang, Nepal
स्वास्थ

एएचएफ नेपालको परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

-
अखवारका कुरा
९ साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर  । एएचएफ नेपालद्वारा सञ्चालित कोशी अस्पतालस्थित एचआईभी परियोजनाले 'परियोजना सल्लाहकार समिति' को बैठक विराटनगरमा  सम्पन्न गरेको छ। बैठकमा एएचएफ नेपालको हालको परियोजना उद्देश्य, उपलब्धि र आगामी रणनीतिका विषयमा कार्यक्रम संयोजक केशव बस्नेतले विस्तृत प्रस्तुति दिएका थिए। 

प्रस्तुतिमा उनले परियोजनाबाट एचआईभी संक्रमित सेवाग्राहीहरूलाई यातायात, ल्याब परीक्षण, औषधि सहयोग, पोषण तथा खानपान सहायता, साथै चिकित्सकीय निरन्तर शिक्षा (CME) कार्यक्रमहरूमा सहयोग दिइएको जानकारी दिए। 

एएचएफ नेपालको ‘गर्ल्स एक्ट’ परियोजनाअन्तर्गत दुई जना बालिकालाई जीविकोपार्जन तथा आयमूलक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले व्यवसायिक तालिम तथा बीउ पूँजी प्रदान गरिएको जानकारी दिए । 
परियोजनाले उनीहरूको आत्मनिर्भरता बढाउने लक्ष्यसहित सिप विकास र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। 

गत ६ महिनाको अवधिमा परियोजनाले ७६०० वटा कण्डम वितरण गरिएको छ ।  सोही अवधिमा ३८ जना नयाँ एचआईभी संक्रमितको पहिचान भई उनीहरूलाई औषधि उपचारमा समावेश गरिएको जानकारी पनि दिइयो। 

परीक्षणमा सहभागी बिरामीहरूमध्ये ६ जनामा एचआईभीसँगै क्षयरोग (टीबी) को समेत संक्रमण पुष्टि भएको छ। यसले समयमै परीक्षण तथा उपचारको आवश्यकतालाई झनै स्पष्ट पारेको छ। 

एचआईभी परियोजनाअन्तर्गत CD4 परीक्षण, भाइरल लोड परीक्षण तथा बिमा नभएका बिरामीहरूलाई आवश्यक ल्याब परीक्षणमा सहयोग प्रदान गरिएको छ।


बैठकमा विराटनगर महानगरपालिका मेयर  नागेश कोइराला , उपमेयर  शिल्पा निराला कार्की  महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राम प्रसाद ढुङ्गेल , स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव  महाशाखामा कार्यरत स्वास्थकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

बैठकमा महानगरका मेयर नागेश कोइरालाले सस्थाले गरेका गतिविधी विराटनगर महानगरपालिका क्षेत्र भित्रको अवस्था लगायतका विषयमा चासो राखेका थिए । साथै प्रभावकारी रुपमा यस कार्यमा लाग्न सबैलाई अनुरोध गरेका थिए । 

महानगर बाट भए गरेका गतिविधिमा स्वास्थ महाशाखा प्रमुख दिलिप यादवले जानकारी दिएका थिए ।

View : 114

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved