विराटनगर महानगरपालिका–४ स्थित दाहाल प्रतिष्ठानमा अपांगता भएका व्यक्तिहरूले सञ्चालन गर्दै आएको संस्था सामर्थ्य समाज (ओपिडी) को १०ौँ वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की रहनु भएको थियो। साधारणसभामा महानगरभित्रका ७० भन्दा बढी अपांगता भएका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको संस्थाले जनाएको छ।
साधारणसभामा महिला तथा बालबालिका शाखा–बिराटनगर म न पा, राष्ट्रिय अपांग महासङ्घ कोशी प्रदेश, सिबिआर बिराटनगर, अटिजम केयर सोसाइटी बिराटनगर लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सामर्थ्य समाजको नयाँ कार्यसमिति:
अध्यक्ष: चेतनाथ पोखरेल
उपाध्यक्ष: राम कुमार लामा
सचिव: लोकमणी पोखरेल
कोषाध्यक्ष: होमराज पराजुली
सदस्यहरू:
- कल्पना साह (सुढी)
- राजु भट्टराई
- कल्पना खड्का
- आकृति रानी फुयल
- अमन मण्डल
यसै अवसरमा बिराटनगर महानगरका अपांगता भएका ब्यक्तिहरुद्वारा संचालित बिभूती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा पनि सम्पन्न गरिएको छ ।
अध्यक्ष: राम कुमार लामा
उपाध्यक्ष: यशोधा काफ्ले नेपाल
सचिव: राजु भट्टराई
कोषाध्यक्ष: कल्पना खड्का
सदस्यहरू:
- भुपेन्द्र आचार्य
- मोजाहिद अन्सारी
- पेसल पोखरेल
- पुर्णमाया खत्री
- चेतनाथ पोखरेल रहनुभएको छ ।
View : 106
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved