Biratnagar, Morang, Nepal
अर्थ

पाँच रुपैयाँको नयाँ नोट

राष्ट्र बैंकले पाँच रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ

-
अखवारका कुरा
२ वैशाख २०८२, मङ्गलवार

Advertisement

विराटनगर  : नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको छ । 

साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि भ १८९९९९९९ का नोटहरू प्रचलनमा ल्याएको  नेपाल राष्ट्र बैंकले जनाएको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ ।

यसैगरी नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक,मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र राखिएको छ।

गभर्नरको रुपमा अन्तिम हस्ताक्षर गर्ने अवसर  महाप्रसाद अधिकारीले प्राप्त गरेका छन । 

View : 72

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved