Biratnagar, Morang, Nepal
देश

आयो दशैँ

दशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना हुँदै

-
अखवारका कुरा
७ असोज २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ।

नवरात्रिको दोस्रो दिनमा ब्रह्मचारिणी माताको विशेष पूजाअर्चना गर्ने चलन छ। ब्रह्मचारी जीवन धारण गरी कठोर तपस्या गर्ने शक्ति स्वरुप ब्रह्मचारिणी देवीलाई ‘तपस्विनी’ पनि भनिन्छ। उनी धर्म, ज्ञान, संयम र आत्मबलको प्रतीक मानिन्छिन्। धार्मिक विश्वास अनुसार ब्रह्मचारिणी देवीको आराधनाले साधकमा धैर्य, साहस र आत्मनियन्त्रणको वृद्धि हुने विश्वास गरिन्छ।

यस दिन भक्तजनहरूले देवीलाई दूध, घ्यू, चिनी, फलफूल र विशेष नैवैद्य चढाउने प्रथा छ। ब्रह्मचारिणीको पूजाबाट गृहस्थ जीवनमा शान्ति छाउने, परिवारमा एकता कायम हुने र आध्यात्मिक ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ।

नवरात्रिको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको आराधना गरिएको थियो भने दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भइरहेको छ। यसैगरी नवरात्रि अवधिभर क्रमशः विभिन्न शक्तिस्वरुप देवीको आराधना गर्ने परम्परा रहँदै आएको छ।

View : 274

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved