संखुवासभा : कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानवहादुर लिम्बु ले संखुवासभा जिल्ला का विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गर्दै सेवा प्रवाहलाई बिरामीमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मन्त्री लिम्बुले संखुवासभा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयको निरीक्षण गर्दै स्वास्थ्यकर्मी र प्रशासनसँग छलफल गरेका थिए। सो क्रममा उनले न्यूनतम सेवा मापदण्डलाई व्यवहारमै कार्यान्वयन गर्न, औषधि तथा उपकरणको व्यवस्थापन सुदृढ बनाउन र आपतकालीन सेवामा विशेष ध्यान दिन निर्देशन दिए।
उनले उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिँदै सेवामा सुधार ल्याउन राम्रो व्यवहार, संवेदनशीलता र प्रविधिको सरल प्रयोग आवश्यक रहेको बताए।
यसअघि मन्त्री लिम्बुले भोजपुर जिल्ला, ओखलढुंगा जिल्ला, खोटाङ जिल्ला र सोलुखुम्बु जिल्ला का स्वास्थ्य निकायहरूको पनि अनुगमन गरिसकेको जानकारी दिँदै सहकार्य र समन्वयमार्फत गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने उल्लेख गरे।
View : 65
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved