राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङको जिल्ला अध्यक्षमा मनोज बस्नेत निर्वाचित भएका छन् । आइतबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गतको निर्वाचनमा बस्नेतले ३०५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी श्यामबहादुर कार्कीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
कार्कीले १४८ मतमा सीमित रहँदा बस्नेत करिब दोब्बर मतसहित नेतृत्वमा आएका हुन् । निर्वाचन परिणामले मोरङमा पार्टीभित्र बस्नेत पक्षको स्पष्ट बहुमत रहेको संकेत गरेको छ ।
यसैबीच, मोरङको जिल्ला अधिवेशनका रूपमा विराटनगरमा आयोजित सम्मेलनलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा लिङ्देनले पार्टी संगठन सुदृढीकरण र जनाधार विस्तारमा जोड दिएका थिए ।
अधिवेशनबाट जिल्ला सदस्यहरूमा टंकप्रसाद गुरागाईं, अनुपमादेवी शाह, अम्बिकाप्रसाद मण्डल, प्रेम डाँगी, सञ्जयकुमार शाह, जयलाल तामाङ, सञ्जयकुमार शाह हलवाई, जितबहादुर थापा, प्रेमप्रसाद कोइराला, कैलाशचन्द्र भट्टराई र विशाल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै अन्य सदस्यहरूमा रेखबहादुर बोहरा, धर्मकुमारी लिम्बु, नारायणप्रसाद लुइँटेल, राजावतीदेवी चौधरी, योगबहादुर दाहाल, सोभियत कार्की, प्रदीप सुवेदी, सुरेश मिश्र, भीमप्रसाद सुवेदी, राजेश मास्के, सन्तोष सन्जेल, पखुलाल विश्वास, हिरातलाल चौधरी, खगेन्द्रप्रसाद बास्कोटा, बच्चो थारु, धर्मराज शाक्य र सञ्जयविक्रम अधिकारी चयन भएका छन् ।
नव निर्वाचित नेतृत्वले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक चुनौतीलाई प्राथमिकताका साथ सामना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
View : 100
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved