Biratnagar, Morang, Nepal
अर्थ

विराटनगरमा एथरको १४औँ एक्सपिरियन्स सेन्टर

-
अखवारका कुरा
२१ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । एथरले देशव्यापी सञ्जाल विस्तार गर्ने क्रममा विराटनगरमा सुविधासम्पन्न शोरूम सञ्चालनमा ल्याएको जनाएको छ। शोरूमका प्रोपाइटर संवेग थापा र प्रज्जवल पौडेल  हुन्।
कम्पनीले विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोजनका लागि उपयुक्त ‘रिज्टा’ मोडेल ग्राहकको मुख्य रोजाइमा पर्ने विश्वास व्यक्त गरेको छ।
वैद्य इनर्जीका मार्केटिङ हेड सलमान खानका अनुसार एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनाइट क्रुज’ र ‘भ्वाइस इन्टरयाक्सन’ जस्ता प्रविधि जडान गरिएका छन्। “हामीले बिक्री मात्र नभई ग्राहकलाई उत्कृष्ट ओनरसिप एक्सपेरियन्स र चार्जिङ इकोसिस्टम प्रदान गर्ने लक्ष्य राखेका छौँ,” उनले भने।
शोरूम उद्घाटनको अवसरमा कम्पनीले सीमित अवधिका लागि ‘ओपनिङ अफर’ समेत सार्वजनिक गरेको छ। जसअनुसार ग्राहकले ८ वर्षको ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा तथा पुरानो स्कुटर साटफेर गर्दा ८ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्। यो योजना आगामी भदौ २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
एथरले हाल नेपालभर ५० भन्दा बढी चार्जिङ स्टेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्दै आएको जनाएको छ।

View : 22

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved