विराटनगर — सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
शुक्रबार आयोजित समारोहमा नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष तथा नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई ५१ हजार रुपैयाँ राशिसहितको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरिएको अध्यक्ष दीपक दाहालले जानकारी दिए।
त्यसैगरी, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष र उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
ब्लाष्ट दैनिकका संवाददाता अनिल श्रेष्ठले ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पाउँदा, कोशी सन्देशकी डेस्क सम्पादक रुमा दाहाल (निशा)लाई १० हजार रुपैयाँ राशिको ‘मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सम्मानित चारै पत्रकारलाई नगदसहित कदरपत्र हस्तान्तरण गरे। सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र वरिष्ठ पत्रकार मोहन भण्डारीले दोसल्ला ओढाइ फूलमालासहित सम्मान गरेका थिए।
View : 366
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved