Biratnagar, Morang, Nepal
खेलकुद

एसईई कप फुटबलको उपाधिका कोशी मोडल स्कुललाई

-
अखवारका कुरा
२६ जेठ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । पाँचौं एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि कोशी मोडल स्कुलले   जितेको छ ।

बुधबार विराटनगरको परोपकारघाट मैदानमा सम्पन्न फाइनल खेलमा नरग्राम माध्यमिक विद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै कोशी मोडल स्कुलले उपाधि चुम्न सफल भएको हो ।

जितसँगै कोशी मोडलले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उप विजेतामा चित्त बुझाउन बाध्य भएको नरग्रामले १५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।

खेलको पहिलो हाफमा मासुम खानले गोल गर्दै कोशी मोडललाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै नरग्रामका राम बस्नेतले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफको अन्तिम समयमा प्रज्वल राईले गोल गर्दै कोशी मोडललाई उपाधि दिलाए ।

फाइनक खेलको प्लेयर अफ दि म्याच कोशी मोडलका मासुम खान चुनिए । प्रतियोगिताका बेष्ट प्लेयर डन बस्को स्कुलका तनुज राजबंशी घोषित भए । उनले एक थान साइकल प्राप्त गरे । त्यसैगरी बेष्ट गोलकिपर नरग्रामका आरभ माझी, बेष्ट डिफेन्डर कोशी मोडलका सुमित सिंह, बेष्ट डिफेन्डर कोशी मोडलकै निरज चौधरी, बेष्ट फरवार्ड कोशी मोडलकै मासुम खान भए भने हाइ गोल स्कोरर शारदा बोर्डिङ स्कुलका रौनक चौधरी भए । 

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष काजी बहादुर बस्नेत रहेका थिए ।

पोखरिया युथ केयर एकेडेमी, विराटनगर, मोरङको आयोजना तथा तथा विराटनगर महानगरपालिका वडा नं १ को सहकार्यमा सम्पन्न प्रतियोगितामा मोरङ र सुनसरीका १९ वटा निजी तथा सामुदायिक विद्यालयलको सहभागिता रहेको थियो ।

View : 48

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved