ग्रीन्ल्याण्डमा नवाअगन्तुक विधार्थीका लागि अभिमुखिकरण
विराटनगर - ग्रीनल्याण्ड कलेजले विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि विराटनगरको होटल रुबिजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम खचाखच भरिएको हलमा सम्पन्न भएको थियो, जसले विद्यार्थी र अभिभावकहरूमा उत्साह र उमङ्ग थपेको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रीनल्याण्ड कलेजका अध्यक्ष रबिन्द्र घिमिरेले गरेका थिए। उनले कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै भने, “पढाईका साथ साथै ग्रीनल्याण्ड कलेजले सञ्चालन गरेको स्किल एन्ड रिसर्च डिपार्टमेन्टमार्फत विद्यार्थीहरूलाई दक्ष, सिर्जनशील र प्रतिस्पर्धी बनाउने हाम्रो प्रमुख लक्ष्य हो।”
कार्यक्रममा प्रधानाध्यापक दिनेश दाहाल, कलेजका सञ्चालक, शिक्षक तथा विभिन्न आगन्तुक अतिथिहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई समयको महत्व बुझ्न र निरन्तर मेहनत गर्न आग्रह गरे। “सफलता प्राप्तिका लागि अनुशासन, मेहनत र समय व्यवस्थापन आवश्यक छन्,” उनले भने।
प्रधानाध्यापक दाहालले नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई शुभकामना व्यक्त गर्दै कलेजले गुणस्तरीय शिक्षा र नेतृत्व विकासमा निरन्तर ध्यान दिने बताए। “हामी विद्यार्थीलाई कक्षा भित्रको ज्ञानसँगै व्यवहारिक सीप र नेतृत्व विकासमा पनि सक्षम बनाउने प्रतिबद्धता लिएका छौं,” उनको भनाइ थियो।
कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विधार्थीहरुले ग्रीन्ल्याण्ड नै रोज्नुका कारण बारे आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा विभिन्न विषयका शिक्षकहरूले आफ्ना विषयगत पठन–पाठनका विधिहरूबारे जानकारी गराएका थिए। शिक्षक र विद्यार्थीहरूको नृत्य तथा गायन प्रस्तुतिले कार्यक्रममा उल्लास थपेको सहभागीहरूले बताए।
कार्यक्रमको अन्त्यतिर कलेजका अध्यक्ष रबिन्द्र घिमिरेले प्रस्तुत गरेको गीतले सबैको मन जित्दै  कार्यक्रमलाई अझ भावनात्मक बनाएको थियो ।
यस अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले कार्यक्रम प्रभावकारी रहेको र विधार्थीहरुले कलेजको वारेमा बुझ्ने अवसरका रुपमा लिएको  प्रतिक्रिया दिएका छन्।
View : 173
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved