विराटनगर । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरलाई कर्मथलो बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ ।
पत्रकारिता क्षेत्रमा थपलियाले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रेस चौतारी मोरङले जनाएको छ। पुरस्कार आगामी साउन १५ गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ।
प्रेस चौतारी मोरङको बैठकले थपलियालाई १५ हजार ५ सय राशीको पत्रकारिता पुरस्कार दिने निर्णय भएको सचिव नवराज भट्टराईले जानकारी दिए ।
प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत समेत रहेका थपलिया विराटनगरबाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइन समाचार पोर्टलका सञ्चालक हुन् ।
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपेन नेउपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सीना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी, सुदीप कोइराला लगायग पुरस्कृत भईसक्नु भएको छ ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved