Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्सको सेवा

लायन्स क्लब अफ विराटनगर पाथिभराद्वारा बालिका विद्यालयमा सेनेटरी प्याड वितरण

-
अखवारका कुरा
२१ असार २०८२, आइतवार

Advertisement

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले विराटनगरको बालिका विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीहरूलाई लक्षित गरी २०० प्याकेट सेनेटरी प्याड वितरण गरेको छ।

महिनावारीका समयमा किशोरीहरूले भोग्नुपर्ने असुविधा कम गर्ने र स्वच्छता कायम राख्न सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

क्लबले वितरण गरेको २०० प्याकेट मध्येको केही   सेनेटरी प्याड आफ्नो जन्म दिनको अवसरमा  प्रिजा श्रेष्ठले प्रायोजन गरेकी थिइन्। उनको योगदानले किशोरीहरूको स्वास्थ्य र आत्मविश्वासमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट चिफ एड्भाइजर  उदय नारायण बरालले आफ्नो मन्तव्यमा भने, “किशोरीहरूलाई सहज र सम्मानजनक जीवन बिताउन सहयोग पुर्‍याउने यस्ता कार्यक्रमहरूले नै समाजलाई सही दिशामा अघि बढाउँछन्।”

एरिया कोअर्डिनेटर एकता थापाले पनि क्लबको यो पहलको प्रशंसा गर्दै किशोरीहरूका लागि यस्तो सहयोग अत्यन्तै महत्वपूर्ण भएको बताइन ।

त्यस्तै, डिस्ट्रीक्ट एड्भाइजर  रक्तिम जोशी ,जोन चेयरपर्सन  आश्मा चालिसे खनाल ,प्रोग्राम कोअर्डिनेटर शोभा रञ्जितकार  सहित क्लबका अन्य सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

क्लबकी अध्यक्ष लायन नेहा गुप्ताको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरूले क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले किशोरीहरूलाई थप आत्मनिर्भर र आत्मसम्मानी बन्न मद्दत गर्ने बताए।

लायन्स  पाथिभराले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रमहरू गर्दै आएको छ।

अध्यक्ष गुप्ताले आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

View : 469

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved