यहाँका विपद् प्रभावितहरू आगामी दिनमा जीवनयापन गर्न सकिने केही आधार सुनिश्चित होस् भन्ने उद्देश्यले निरन्तर रोजगारीका अवसर खोजिरहेका छन्। नुवाकोटमा नदी किनारमा बसोबास गर्नेहरूलाई भविष्यको अनिश्चितताले सताएको छ।
देवीघाटमा गोपालबहादुर सार्कीले बाढीका कारण आफ्नो जुत्ता पसल गुमाएका छन्।
बाढी आएको ५४ दिनपछि गोपालले देवीघाटको क्षतिग्रस्त क्षेत्रमा अनिश्चितताकै बीच अस्थायी पसल सञ्चालनमा ल्याएका छन्। पहिले उनको स्वामित्वमा रहेको पसलको कुनै नामनिसान बाँकी छैन। भग्नावशेष र धुलाम्मे जमिनमा उनले अस्थायी पसल बनाएका छन्।
‘यहाँ (देवीघाटमा) मेरो पसल थियो। मैले एकातर्फको ढोका बन्द गर्न सकेँ, तर अर्कोतर्फको बन्द गर्न सकिनँ। मलाई आफ्नो पसल निकै प्यारो थियो, तर मैले पसलभन्दा आफ्नो ज्यानलाई प्राथमिकता दिनुप¥यो। बाढीले पसल नै बगायो। अहिले जीविका चलाउन यही अवस्थामा यहाँ अस्थायी पसल सञ्चालन गरिरहेको छु,’ गोपालले आफ्नो अस्थायी पसल देखाउँदै भने।
नेपालमा अगस्ट २६ मा चट्टान र हिउँको पहिरोका कारण ‘हिमालयन सुनामी’ भनिएको विनाशकारी बाढी आएको थियो। उक्त विपद्मा हालसम्म १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ६ हजारभन्दा बढीको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन।
बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोजी तथा उद्धार र शव पहिचानसम्बन्धी कार्य जारी छ। बाढीले व्यापक विनाश निम्त्याउँदा ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन् र उनीहरू घरबारविहीन भएका छन्।
अगस्टमा आएको बाढीले तिब्बतसँग सीमा जोडिएका अग्ला पहाडी भेगका बस्तीहरू पूर्ण रूपमा बगाएको थियो। हिमनदी अचानक फुटेर आएको पानीका कारण बाढीको वेग झन् तीव्र बनेको थियो। बाढीले तीव्र गतिमा बग्दै जाँदा तिमुरे र स्याफ्रुबेँसीजस्ता प्रमुख बस्तीहरू पूर्ण रूपमा तहसनहस भएका छन्।
क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। पुनर्निर्माण कार्य पूरा गर्न कम्तीमा एक दशक लाग्ने अपेक्षा गरिएको एएनआईले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved