Biratnagar, Morang, Nepal
सामाजिक सेवा

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा मानव सेवा आश्रममा भोजन सेवा प्रदान

-
अखवारका कुरा
२५ कार्तिक २०८२, मङ्गलवार

Advertisement


विराटनगर । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रा.स. विराटनगरले मानव सेवा आश्रम विराटनगरमा आश्रित बुवा–आमा तथा बालबालिकालाई लक्षित गर्दै विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अवसरमा परिषद्को सहकार्यमा सुभाष पौडेलले आफ्नो ३९औं जन्मदिन धर्मपत्नी अम्बिका (अप्सरा) पौडेलसँगै मानव सेवामूलक रुपमा मनाउँदै आश्रममा आश्रित व्यक्तिहरूलाई मिठो शाकाहारी भोजन सेवा प्रदान गरिएको थियो ।  मानव सेवा र परोपकारको भावनासहित जन्मदिन मनाएकोमा परिषद्ले पौडेल दम्पतीप्रति धन्यवाद व्यक्त गरेको छ ।

यसै अवसरमा परिषद्का मोरङ जिल्ला उपाध्यक्ष बिकल कोईरालाकी सुपुत्री आयुषा कोईरालाले आफ्नो १५औं जन्मदिनको अवसरमा आश्रमका बालबालिकाहरूलाई स्टेशनरी सामग्रीहरू प्रदान गरेकी थिइन् । समाजसेवामा सानो उमेरदेखि सहभागिता जनाएकी आयुषाको सेवाभावप्रति पनि परिषद्ले प्रशंसा व्यक्त गरेको छ ।

परिषद्का पदाधिकारीहरूले जन्मदिनजस्ता विशेष क्षणहरूलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सेवा, सहयोग र मानवताको मार्गमा लाग्ने सन्देश समाजमा फैलनु सकारात्मक उदाहरण भएको बताएका छन् ।

View : 349

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved