चित्रलेखा यादव
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । आफ्नो भागमा परेको अस्ट्रेलियामा यादवलाई सिफारिस गर्ने निर्णय भएको हो ।
सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।
राजदुत समावेसी नभएको भन्ने बिषय उठेपछी परराष्ट्रमन्त्रीले समावेशी नभएको स्विकार गरेर भबिस्यमा सो बिषयमा ध्यान दिने बताएकि थिइन । सोही अनुसार काङ्ग्रेसले समावेशी अनुहार राजदुतमा सिफारिस गरेको हो ।
अब मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछी संसदिय सुनुवाइमा हुनेछ र सो बाट पारित भए काङ्ग्रेसकि महिला नेतृ यादव राजदुतका रुपमा अस्ट्रेलिया जानेछिन ।
View : 131
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved