विराटनगर । सेवा र विकासका लागि युवा संस्थाले विभिन्न १३ जिल्लाका २ हजार ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरुको आवश्यकतालाई महसुस गरी फरक–फरक १३ जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्न लागिएको जानकारी गराइएको हो ।
शैक्षिक सामाग्री वितरण गरिने जिल्लाहरुमा पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, तनहुँ रहेका छन् । वितरण गरिने शैक्षिक सामाग्रीमा झोला, कपी, कलम, जोमेट्री बक्स, प्राज्ञिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत शब्दकोश, ल्यापटपसमेत रहेको बताइएको छ ।
सेवा र विकासका लागि युवाका राष्ट्रिय सचिव खगेन्द्रबहादुर क्षेत्रीका अनुसार उक्त शैक्षिक सामाग्री मित्र राष्ट्र भारत सरकारको सहयोगबाट प्राप्त भएको हो ।
त्यस्तै, राष्ट्रिय अध्यक्ष डा.देवेन्द्र कणेलले देशका विभिन्न ओहदामा पुग्ने जनशक्ति विद्यार्थी भएकाले उनीहरू स्रोत साधानबाट बञ्चित हुन नपरोस् भनेर आफूहरुले काम गरिरहेको बताए । उनले विभिन्न देशबाट आएको डोनेसन समाज कल्याण परिषद्मार्फत राज्यलाई कर तिरेर नै ल्याइएको बताए ।
View : 70
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved