Biratnagar, Morang, Nepal
राजनीति

रास्वपाले पाएको मत अंकगणित र एआई होइन, जनचेतनाको पुनर्जागरण हो : सांसद डाँगी

-
अखवारका कुरा
२३ चैत २०८२, सोमवार

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले रास्वपाले पाएको मत केवल अंकगणितीय परिणाम नभई जनचेतनाको पुनर्जागरणबाट जन्मिएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्राप्त गरेको झण्डै दुई तिहाइ बहुमत आकस्मिक घटना वा कुनै कृत्रिम प्रभावको परिणाम नभई लामो समयदेखि सञ्चित जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति भएको उल्लेख गरिन्।
उनले भनिन्,‘आजको सदन केवल अंक गणितियको परिणाम होइन्, जनचेतनाको पुर्नजागरणबाट जन्मिएको हो । रास्वपाले प्राप्त गरेको झण्डै दुई तिहाईको बहुमत आकस्मिक घट्ना वा एआईको खेल होइन् । बरु लामो समयदेखि सञ्चीत जन असन्तोष र परिवर्तनको तीव्र चाहानाको अभिव्यक्ति हो । त्यसैले जनताको मतको सम्मान गर्दै अगाडि बढाउन आवश्यक छ ।’
उनले जनताको मतको सम्मान गर्दै जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफूहरू शासन गर्न नभइ सेवा गर्न आएको स्पष्ट पारिन्।
सांसद डाँगीले सम्पूर्ण राजनीतिक दलहरूलाई राष्ट्रिय हितमा सहकार्य गर्न आग्रह गर्दै विचारमा भिन्नता स्वाभाविक भएपनि सहकार्य अपरिहार्य रहेको बताइन्।
उनले प्रतिस्पर्धा हुनुपर्ने तर द्वन्द्व होइन भन्ने धारणा राख्दै अब राजनीति आरोप–प्रत्यारोपभन्दा परिणाममुखी हुनुपर्ने समय आएको बताइन्।
‘हामी यहाँ शासन होइन सेवा गर्न आएका हौं । यही भावनाले हरेक कदम र निर्णयलाई मार्गनिर्देशन गर्नुपर्नेछ । सम्पूर्ण राजनीतिक दलहरुलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु–विचारमा भिन्नता स्वभाविक हो । राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ । प्रतिस्पर्धा होस् तर द्वन्द्व होइन् । राजनीति आरोप–प्रत्यारोप भन्दापनि परिणाम दिने बेला आएको छ । स्वस्थ्य वहस गर्न समेत म आग्रह गर्न चाहन्छु ।’

 

View : 46

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved