विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा आयोजना हुने विराट एक्स्पोको तयारीलाई तीव्रता दिइएको छ। एक्स्पोको तयारी तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले एक्स्पोको मस्कट सार्वजनिक गर्नुका साथै आधिकारिक वेबसाइटसमेत शुभारम्भ गरेका छन्।
पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना तथा आयोजक समितिका संयोजक विपिन काबरालगायतले संयुक्त रूपमा एक्स्पोको मस्कट सार्वजनिक गरेका थिए।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्पोको आधिकारिक वेबसाइट सार्वजनिक गरेका थिए।
मस्कट र वेबसाइट सार्वजनिक भएसँगै एक्स्पोको प्रचारप्रसार तथा तयारीले थप गति लिएको आयोजकको विश्वास छ। पौष २ देखि ११ गतेसम्म सञ्चालन हुने एक्स्पो विराटनगरमा औद्योगिक, व्यावसायिक तथा आर्थिक गतिविधिलाई एकै थलोमा जोड्ने महत्वपूर्ण आयोजनाका रूपमा अघि बढाइएको छ।
View : 109
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved