काठमाडौं । नदी जोगाउँदै साहसिक पर्यटन प्रवद्र्धन गर्ने सन्देश दिने उद्येश्यले आगामी फागुन १४ देखि १६ गतेसम्म २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज सुरु हुन लागेको छ ।
हिमालयन ह्वाइटवाटर च्यालेञ्ज तथा ५० औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर ¥याफ्टिङ र कायाकिङ महोत्सव यसपटक केवल प्रतिस्पर्धामा सीमित नभई नदी संरक्षण र दिगो साहसिक पर्यटन प्रवद्र्धनको सन्देश बोकेर अघि बढेको आयोजकले जनाएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्ने महोत्सवमा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जनाएको छ ।
नाराकाअनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कायाकिङका दुई र ¥याफ्टिङको एक विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हिमाल मात्र होइन, नदीजन्य साहसिक गतिविधिलाई पनि नेपालको अन्तरराष्ट्रिय पर्यटन पहिचानका रूपमा स्थापित गर्नुपर्ने बताए । उनले नदी संरक्षणबिना साहसिक पर्यटनको भविष्य सुरक्षित नहुने उल्लेख गरे ।
यस्तै, बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले जलविद्युत् आयोजना र नदीजन्य उत्खननले नदीमा आधारित साहसिक खेलमा प्रत्यक्ष असर पारिरहेको बताए । उनले सरकारलाई जलविद्युत् र पर्यटनका लागि उपयुक्त नदी छुट्याएर दिगो व्यवस्थापनको नीति लिन आग्रह गरे ।
नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार यो महोत्सव नेपालको ५० वर्षे जलयात्रा इतिहासको उत्सवसमेत हो। सन् १९६० को दशकदेखि सुरु भएको नेपालमा ¥याफ्टिङको यात्रा सन् १९७५ मा व्यावसायिक रूपमा विस्तार भएको थियो । त्यसयता नदीले साहसिक पर्यटनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
आयोजकका अनुसार महोत्सवअन्तर्गत पहिलो दिन १०० भन्दा बढी कायकरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरण सञ्चालन हुनेछ । तेस्रो दिन ¥याफ्टिङ सत्र आयोजना गरिनेछ । साथै नेपालमा व्यावसायिक ¥याफ्टिङको सुरुआत गर्ने संस्थापकलाई विशेष सम्मान गरिने कार्यक्रमसमेत तय गरिएको छ ।
यसपटकको महोत्सवले प्रतिस्पर्धाभन्दा पर गएर ‘नदी जोगाऔँ, पर्यटन बढाऔँ’ भन्ने सन्देश अन्तरराष्ट्रिय समुदायसम्म पु¥याउने अपेक्षा गरिएको छ ।
View : 30
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved