नव वर्ष शुभकामना आदानप्रदान
विराटनगर जेसीजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
विराटनगर, २०८२ बैशाख १
विराटनगर जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसर पारेर “शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
सोमबार, वैशाख १ गते विराटनगर जेसीज सचिवालयमा सम्पन्न उक्त कार्यक्रम प्रीतेशराज दाहालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. १० का अध्यक्ष अर्जुन गिरि रहेका थिए।
कार्यक्रममा विराटनगर जेसीज बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, पूर्व अध्यक्ष देबेश प्रधान र प्रमुख अतिथि अर्जुन गिरिले नयाँ वर्ष २०८२ को शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विराटनगर जेसीजका निरूपित कार्यकारिणी उपाध्यक्ष अभिषेक भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।
पुर्व अध्यक्षहरु उज्जवल खरेल , देवचन्द्र घिमिरे , सुरेशलाल श्रेष्ठ र निवर्तमान अध्यक्ष तुलसी निरौलाको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०८२ सालको क्यालेन्डर औपचारिक रूपमा विमोचन गरिएको थियो।
कार्यक्रमको समापनतर्फ धन्यवाद मन्तव्य कार्यक्रम संयोजक सनराइज चौधरीले दिएका थिए ।
उक्त कार्यक्रममा विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडासहित जुनियर जेसीज टिमको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले जेसीजले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवालाई सक्षम बनाउने कार्यमा गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू जारी रहोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रममा विराटनगर जेसीजका पदाधिकारी, पूर्व पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको समेत सक्रिय सहभागिता रहेको विराटनगर जेसीजका जनसम्पर्क अधिकारी अभिषेक गौतमले जानकारी दिए।
View : 74
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved