Biratnagar, Morang, Nepal
अर्थ

सहकारी सदस्यलाई ऋण, असुली र बचतसम्बन्धी तालिम

-
अखवारका कुरा
२५ असार २०८२, बिहिवार

Advertisement

विराटनगर — निलो आकाश बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–५ ले सहकारी सदस्यलाई लक्षित गर्दै ऋण लगानी, असुली र बचतसम्बन्धी तालिम सम्पन्न गरेको छ।

शिक्षा उपसमितिको आयोजनामा रुबिज होटल, मुनालपथमा सम्पन्न तालिममा सहकारीका करिब १०० सदस्य सहभागी भएका थिए। सहकारीका शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक श्री गुणानन्द महतोले सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव रामकुमार यादवले गरेका थिए भने अध्यक्षता अध्यक्ष सुनिल कुमार श्रेष्ठले गरेका थिए। तालिममा प्रशिक्षकको रुपमा विराटनगर महानगरपालिका सहकारी विभागकी  रोजि कार्कीले सहकारी सदस्यहरूलाई तालिम प्रदान गरेकी  थिइन्।

सहकारीमा हाल ३५० सदस्य रहेका छन्। कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

View : 610

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved