केरावारी । चिसो मौसम र दुर्गम बाटोका चुनौतीका बाबजुद मोरङ चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ स्थापना दिवस तथा हीरक जयन्तीको अवसरमा केरावारी गाउँपालिका-२, सिंहदेवीस्थित चार सामुदायिक विद्यालयका १०४ जना बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, स्कुल ब्याग र खाजा वितरण गरेको छ।
विराटनगर देखि अध्यक्ष शिव प्रसाद रिजालको नेतृत्वमा गएको चेम्बर टोलिले चिसो मौसममा बाल बालिकाका लागि न्यानो कपडा सहितका सामाग्री वितरण गरेको हो ।
बालबालिकाहरूले प्राप्त गरेको न्यानो कपडाले उनीहरूको अनुहारमा देखिएको खुशी र आशाको किरण हेर्न लायक थियो । केहीले नयाँ कपडा हातमा लिएर खुशी हुँदै धन्यवाद व्यक्त गरे। यो दृश्यले कार्यक्रमलाई अझ प्रेरक र अर्थपूर्ण बनाएको थियो।
कार्यक्रम मोरङ चेम्बरका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो। केरावारी-२ का वडाध्यक्ष प्रेमबहादुर बाजी, चेम्बरका महासचिव कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष मनोजकुमार मिश्र, कार्यसमिति सदस्य सुवास प्रसाद रिजाल र कार्यालय सचिव गोविन्दराज ढकालले बालबालिकाप्रति सद्भाव व्यक्त गर्दै कार्यक्रममा सहभागिता जनाए।
कार्यक्रममा सरस्वती आधारभूत विद्यालय, जलकन्या आधारभूत विद्यालय, कल्याणकारी माध्यमिक विद्यालय र पञ्चकन्या आधारभूत विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूको उपस्थितिले कार्यक्रमलाई अर्थपूर्ण बनाएको थियो।
अध्यक्ष रिजालले भने, “जाडोको चिसोमा दुर्गम स्थानका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गर्न पाउँदा हामी गर्व महसुस गर्छौं। मोरङ चेम्बर केवल व्यापार र उद्योगको हितमा सीमित छैन। शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा सक्रिय रहँदै बालबालिकाको उज्यालो भविष्य सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो। साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ।”
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सरस्वती आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक मोहन अधिकारी, विभिन्न सहयोग गर्ने चेम्बर परिवार , स्थानिय जनसामुदाय प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।
View : 98
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved