Biratnagar, Morang, Nepal
देश

प्रधानमन्त्री कार्कीले लिइन् आगामी निर्वाचनबारे जानकारी

-
अखवारका कुरा
२५ पुष २०८२, शुक्रवार

Advertisement

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् ।
उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ ।

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।

View : 91

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved