Biratnagar, Morang, Nepal
देश

पूर्वमन्त्री लालबाबु पण्डितलाई गहिरो पारिवारिक शोक, पत्नी विमला महतको निधन

-
अखवारका कुरा
१५ जेठ २०८२, बिहिवार

Advertisement

काठमाडौँ, जेष्ठ १५ – नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई गहिरो पारिवारिक शोक परेको छ। उनकी  जीवनसंगिनी विमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो।

नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै पत्नी विमलाको राति १२:४५ बजे अन्तिम सास लिएको उल्लेख गरेका छन्। केही समयदेखि अस्वस्थ रहँदै आएकी उनी नियमित उपचारमा थिइन्।

सामाजिक सेवामा सक्रिय रहेकि महत स्वभावले  सहयोगी र परिवारप्रति समर्पित व्यक्तित्वको रूपमा चिनिन्थिन्। उनको निधनले पण्डित परिवार मात्र होइन, नजिकका आफन्त र शुभेच्छुकहरू पनि मर्माहित भएका छन्।


सामाजिक सञ्जालमार्फत नेतासहित विभिन्न राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणले शोक व्यक्त गर्दै स्व. महतप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

शोक सन्तप्त पण्डित परिवारप्रति सहानुभूति प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरिएको छ।

View : 423

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved