इटहरी– लियो क्लब अफ इटहरी सिटीको आयोजनामा तथा खेतान स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा क्लबका प्रथम उपाध्यक्ष लियो विकास खेतानको जन्मदिनको अवसरमा इटहरी स्थित नि:सहाय बालबालिका सेवा आश्रममा मायाले भरिएको भोजन कार्यक्रम सम्पन्न गरिएको छ।
“मुस्कान फैलाउँदै, भविष्य बढाउँदै” भन्ने मूल नारा सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा बालबालिकाहरूसँग समय बिताउने, रमाउने, खाजा तथा मिठाई सेवन गर्ने साथै अध्ययन सामग्री वितरण गर्ने कार्य गरिएको थियो। कार्यक्रममा आश्रमका बालबालिकाहरूले आफ्ना विभिन्न कला प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता लियो क्लब अफ इटहरी सिटीका अध्यक्ष लियो अमर दीप पौडेलले गर्नु भएको थियो। कार्यक्रममा प्रथम उपाध्यक्षका माता अन्जु अग्रवाल, पिता प्रबिण बिहारी खेतान, आश्रमकी सञ्चालिका गीता आमा, अध्यक्ष राजेन्द्र श्रेष्ठ, क्लबका सदस्यहरू लियो आयुष ढुंगेल, भिसाल खेतान, सुष्मा बस्नेत, कृष पौडेल, खगेन्द्र कार्की, सुभम श्रेष्ठ, चुडामणि पौडेल लगायत बालबालिका तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संचालिका गीता आमाले "यसरी मायाले भरिएको भोजन कार्यक्रम हामीलाई केवल खाना मात्र होइन, माया, आत्मीयता र सम्मानको अनुभव दिने" बताउँदै लियो क्लब र खेतान स्पोर्ट्स फाउन्डेसन प्रति आभार व्यक्त गर्नुभयो।
क्लब अध्यक्ष पौडेलले “हामी केक काट्ने परम्पराको विपक्षमा छौं” भन्ने धारणा व्यक्त गर्दै, जन्मदिनलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसरको रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन क्लबका कार्यक्रम संयोजक लियो आयुष ढुंगेलले गर्नुभएको थियो। क्लबले यस्ता सेवामूलक कार्यक्रमहरूले युवाहरूमा सेवाभाव जागृत गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको जनाएको छ।
View : 469
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved