Biratnagar, Morang, Nepal
+977-9708590006
खेलकुद

लगातार तीन खेल जित्दै जनकपुर शिर्ष स्थानमा

-
अखवारका कुरा
२० मंसिर २०८१, बिहिवार

Advertisement

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हात पारेको छ ।

बिहीबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले जितमा ह्याट्रिक गरेको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो । 

पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७।१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । 

जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ रन बनाए । ३२ बल खेलेका उनले आठ चौका प्रहार गरे । यस्तै, जेम्स नीशामले ४० रन बनाए । २० बल खेलेका उनले पाँच छक्का प्रहार गरे । यस्तै, आसिफ शेखले ३३ बलमा ३३ र हर्स ठाकेरले १४ बलमा १३ रन बनाए । शेखले तीन चौका प्रहार गर्दा ठाकेरले एक चौका हाने ।

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ ३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । ३० बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । माइकल लिस्कले १३ बलमा तीन छक्कासहित २५ रन बनाए ।

ओपनरद्वय दिनेश खरेल १० र एन्ड्रयु गाउसले २० रन बनाएका थिए । १६ बल खेलेका गाउसले तीन चौका र एक छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले फेरि निराश पारे । उनलाई ललित राजवंशीले स्टम्प आउट गरे । दीलिप नाथ ११ र रामोन रिफर १७ रनमा आउट भए ।

ललितले चार ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए । जिम्मी निशमले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिए ।

पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । पहिलो दुई खेल जितेको जनकपुर अंक तालिकाको शीर्ष स्थानमा छ । 

View : 103

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved