काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटना र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
लामिछानेले बैठक आज (बुधबार) बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी आह्वान गरेका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल र उपेन्द्र यादव, महन्थ ठाकुर तथा सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।
बैठकमा सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको रास्वपाले जनाएको छ ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved