Biratnagar, Morang, Nepal
खेलकुद

लोकतान्त्रिक खेलकुद संघ कोसी प्रदेशको अध्यक्षमा अभिषेक श्रेष्ठ

-
अखवारका कुरा
९ भदौ २०८२, मङ्गलवार

Advertisement


विराटनगर, – नेपाल लोकतान्त्रिक खेलकुद संघ, कोसी प्रदेशको नयाँ नेतृत्व चयन गरिएको छ। संघको अध्यक्षमा विराटनगरका अभिषेक श्रेष्ठ निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्षमा इटहरीका अनुरोध थापा क्षेत्री र मोरङका ओमप्रकाश मास्के चयन भएका छन्। त्यसैगरी, सचिवमा विराटनगरकै उद्धव अर्याल, सहसचिवमा खोटाङका सनम राई, ओखलढुङ्गाका विश्वराज राई, ताप्लेजुङका चन्द्रकुमार नाल्वो र झापाका दुर्बसा कार्की निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी संखुवासभाका शिव न्यौपानेले पाएका छन्।

सदस्यतर्फ मोरङबाट सुभद्रा माझी, गणेश कार्की, बिनेस बस्नेत, दुर्गा श्रेष्ठ, ध्रुवप्रसाद सिग्देल, चन्द्र पराजुली र मधुसूदन मानन्धर चयन भएका छन्।
झापाबाट मिरा काफ्ले, जेम्स लिम्बु र लक्ष्मी देवान, सुनसरीबाट सुसना खत्री र पूर्ण राई, इलामबाट सुशीला गुरुङ, राजीव कडरिया र दीपिका थापा, उदयपुरबाट मदनकुमारी कार्की र वीरेन्द्र मल्ल ठकुरी, धनकुटाबाट रोशनराज अमात्य, तथा पाँचथरबाट वीरेन्द्र सुवाङ निर्वाचित भएका छन्।

यस नयाँ नेतृत्वसँगै संघले कोसी प्रदेशमा खेलकुदको विकास र खेलाडीहरूको अधिकार सुनिश्चिततामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

View : 82

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved