Biratnagar, Morang, Nepal
देश

सामाजिक संजालमा समस्या

नेपालमा टेलिग्राम एप बन्द

-
अखवारका कुरा
३ साउन २०८२, शनिवार

Advertisement


काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र टेलिग्राम एप बन्द गराएको छ। अनलाइन ठगी र आपराधिक गतिविधि बढ्दै गएको भन्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई टेलिग्रामको पहुँच तत्काल रोक्न निर्देशन दिएको हो।

प्राधिकरणले सूचना जारी गर्दै टेलिग्राममार्फत अनलाइन ठगीका घटना दिनप्रतिदिन बढिरहेको र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराधमा समेत यसको प्रयोग भइरहेको पाइएकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेको छ।

‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ सूचनामा भनिएको छ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत ठगीका घटना बढ्दै गएका छन्। यसअघि प्राधिकरणले केही अश्लील साइटहरू तथा अनलाइन जुवा साइटहरू पनि बन्द गराएको थियो।

View : 202

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved