Biratnagar, Morang, Nepal
देश

स्कूल तथा कलेजका विद्यार्थीहरुका लागि ‘जीसीइएफ तीज फर नेपाल–२०२६’ आयोजना हुने

-
अखवारका कुरा
२२ भदौ २०८३, सोमवार

Advertisement

काठमाडौं । तीज पर्वलाई केवल उत्सव र मनोरञ्जनमा सीमित नराखी संस्कृति, युवा प्रतिभा र विपद् प्रभावित समुदायप्रतिको सामाजिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसन(जीसीइएफ)ले ‘जीसीइएफ तीज फर नेपाल–२०२६’ आयोजना गर्ने भएको छ । 

 

‘सेलिब्रेट नेपाली कल्चर, स्ट्यान्ड विथ नेपाल’ नारासहित स्कूल तथा कलेज कल्चरल च्याम्पीएनसिपका रुपमा नेपालभरका विद्यालय तथा कलेजका विद्यार्थीहरूले एकल गायन, समूह गायन, एकल नृत्य र समूह नृत्य विधामा प्रतिस्पर्धा गराउन लागिएको हो । 

 

यस वर्षको अभियानको विशेष उद्देश्य बाढी तथा विपद्बाट प्रभावित नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउनु र राहत सहयोगमा योगदान पु¥याउनु रहेको आयोजकको भनाइ छ । 

 

प्रतियोगिताको एकल विधाका लागि दर्ता शुल्क एक हजार र समूह विधाको चार हजार रुपैंयाँ राखिएको र सो रकम नेपाल सरकारको तोकिएको प्रधानमन्त्री राहत कोषमा सोझै जम्मा गरिने पनि आयोजकको भनाइ छ । 

 

सहभागीहरूले रकम जम्मा गरेपछि प्राप्त आधिकारिक भुक्तानी रसिदलाई प्रमाणका रूपमा बुझाउनुपर्नेछ।

 

स्थानीय प्रतिभादेखि राष्ट्रिय मञ्चसम्म

 

सहभागी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थी प्रतिनिधि छनोट गरी उनीहरूको सांस्कृतिक प्रस्तुति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछन्।

 

जीसीइएफको निर्णायक समितिले प्रतिभा तथा प्राविधिक प्रस्तुति, सांस्कृतिक मौलिकता, सिर्जनशीलता, प्रस्तुति तथा समग्र प्रभावका आधारमा मूल्याङ्कन गर्नेछ। केवल लाइक, भ्यूअर्स वा फलोअर्स का आधारमा विजेता छनोट गरिने छैन।

 

उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्रान्ड फिनालेमा पुग्नेछन्। चार विधामा राष्ट्रिय विजेता घोषणा गरी ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

 

आयोजकका अनुसार विद्यालय, कलेज, विद्यार्थी, शिक्षक, अभिभावक, कलाकार, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली समुदायलाई यस राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिताका लागि भदौ २७ गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved