शिक्षक आन्दोलन
काठमाडौं– विभिन्न माग राख्दै काठमाडौंमा आन्दोलनमा उत्रिएका सरकारी शिक्षक र सुरक्षाकर्मीबीच आइतबार झडप भएको छ।
शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै निषेधित क्षेत्र पार गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। निषेधित क्षेत्र उल्लङ्घन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको र जवाफी प्रतिक्रिया स्वरूप शिक्षकहरूले ढुंगामुढा गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। झडपका क्रममा केही शिक्षकहरू घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि जनाइएको छ।
देशभरका सरकारी विद्यालयका शिक्षकहरू विभिन्न माग राख्दै राजधानीमा आन्दोलनरत छन्। आन्दोलनकारीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
View : 290
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved