जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् ।
उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved