स्काउट तालिम
खोटाङ — कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजित ५९९ औं स्काउट आधारभूत तालिम सोमबारदेखि सुरु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा तालिम सञ्चालन भएको हो।
तालिमको उद्घाटन हलेसी तुवाचुङ नगर प्रमुख विमला राईले गरिन्। कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त (महिला) सिवानी देवानको अध्यक्षता थियो। तालिममा विभिन्न सामुदायिक विद्यालयका २७ जना शिक्षकको सहभागिता रहेको छ।
सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ तालिमको कोर्ष लिडर रहेका छन्। स्थानीय स्काउट तदर्थ समिति संयोजक नवीन चाम्लिङ राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन स्काउट लिडर स्नेहा राईले गरेकी थिइन्।
उद्घाटन कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुनकुमार पुरी, प्रदेश परिषद् सदस्य याविन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी स्काउट तदर्थ समिति संयोजक दिनेश शाक्य, स्काउट लिडर दुर्गाबहादुर लुइँटेल र बिपिन लोहार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका प्रतिनिधिको उपस्थिति थियो।
स्काउट आन्दोलनलाई विद्यालयस्तरमै सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको तालिमले शिक्षकमार्फत अनुशासन, नेतृत्व र सेवाभाव विकास गर्ने अपेक्षा गरिएको छ।
View : 301
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved