मधेसमा पानीको हाहाकार
राजविराज - सप्तरीका विभिन्न गाउँहरूमा चर्किएको खानेपानी संकट समाधान गर्न मधेस प्रदेश सरकारले दमकल र ट्याङ्करमार्फत आपूर्ति सुरु गरेको छ। लामो समयदेखिको सुख्खा र पर्याप्त स्रोत नहुँदा स्थानीय बासिन्दा खानेपानीको अभावमा परेपछि प्रदेश सरकारले तत्काल पहल थालेको हो।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा सुरु गरिएको अभियान हाल रुपनी गाउँपालिका–१ र २ का बासिन्दाले राहत पाइसकेका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुङ्गा नगरपालिकाका अभावग्रस्त बस्तीहरूमा पनि क्रमशः पानी पुर्याउने तयारी भइरहेको बताए।
उनका अनुसार स्थानीय तहहरूबाट आएको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वयमा र नेपाली सेनाको सहयोगमा दमकल तथा पानी ट्याङ्करमार्फत आपूर्ति सुरु गरिएको हो। उनले भने, ‘जहाँ–जहाँ खानेपानीको अभाव छ, सबै ठाउँमा पानी पु¥याउन प्रदेश सरकार प्रतिबद्ध छ। आवश्यकताका आधारमा अभियान विस्तार गर्दै लगिनेछ।’
यस क्रममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्नेछ। वितरणको काम सहज र प्रभावकारी बनाउन प्रत्येक पालिकामा एउटा सम्पर्क व्यक्ति तोकिएको प्रदेश सरकारको भनाइ छ।
View : 50
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved