Biratnagar, Morang, Nepal
राजनीति

एमाले विराटनगर महानगर अधिबेशन

एमाले विराटनगर महानगर कमिटी उपसचिवमा हिमा मैनाली पोखरेलको उम्मेदवारी

बौद्धिक र अनुभवी महिला नेतृप्रति उत्साह बढ्दो ।
-
अखवारका कुरा
३ वैशाख २०८२, बुधवार

Advertisement

विराटनगर, बैशाख ३ — नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशन नजिकिँदै गर्दा उपसचिव पदमा हिमा मैनाली पोखरेलको उम्मेदवारीले राजनीतिक वृतमा चासोको केन्द्र बनिरहेको छ। 

 

झापामा जन्मिएर २०६० सालदेखि विराटनगरलाई कर्मभूमि बनाएकी पोखरेल बौद्धिक क्षमता, संगठन कौशल र दीर्घ राजनीतिक अनुभवका कारण पार्टीभित्र सम्मानित व्यक्तित्वको रूपमा स्थापित हुनु भएको छ।

विद्यालय जीवनमै अनेरास्ववियु हुँदै राजनीतिमा होमिएकी उहाँ अहिले अखिल नेपाल महिला संघ (अनेमसंघ) विराटनगर महानगर कमिटीकी सचिव हुनुहुन्छ। 

 

यस्तै, नेकपा एमाले महानगर कमिटीको पूर्व सचिवालय सदस्यको रूपमा कार्य गर्नुभएको अनुभवले उहाँको नेतृत्व क्षमतामा थप निखारता ल्याएको छ। एमाले वडा नं. १२ मा सचिवको रूपमा लामो समय कार्य गरेका कारण उहाँ पार्टीको तल्लो तहदेखि नेतृत्व तहसम्मको संरचनासँग राम्ररी परिचित हुनुहुन्छ।

शैक्षिक पृष्ठभूमिमा समेत पोखरेल सशक्त हुनुहुन्छ। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरिसकेकी उहाँ कोशी प्रदेशको  ऐतिहासिक शैक्षिक संस्था महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन गर्दै आउनु भएको छ।

 

 शिक्षण पेशामार्फत युवापुस्तासँगको प्रत्यक्ष सम्पर्कले उहाँलाई समाजको जरा बुझ्ने र संगठनात्मक दृष्टिले सक्षम नेतृका रूपमा उभ्याएको छ।

पोखरेलले आफ्नो उम्मेदवारीलाई जनप्रतिनिधिहरूले मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “मैले लामो समयदेखि पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएको छु। संगठनलाई बलियो बनाउने यात्रामा मेरो योगदानलाई प्रतिनिधिहरूले अवश्य मनन गर्नुहुनेछ।”

महानगर अधिवेशनमा बौद्धिक, समर्पित र नेतृत्व क्षमता सम्पन्न महिला नेतृका रूपमा हिमा मैनाली पोखरेलको उम्मेदवारीले नयाँ ऊर्जा थपेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

View : 359

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved