Biratnagar, Morang, Nepal
शिक्षा

ग्रामथान मन्टेश्वरी स्कुलको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

-
अखवारका कुरा
४ वैशाख २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-३ मंगलहाटस्थित ग्रामथान मन्टेश्वरी स्कुलले चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमकाे आयाेजना गरि वार्षिकोत्सब मनाएकाे हाे । कार्यक्रममा प्ले-ग्रुपदेखि कक्षा २ सम्म अध्ययनरत करिब १०० जना साना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेका नानीबाबुहरूले विभिन्न बालगीत र आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। विद्यार्थीहरूको हौसला बढाउन शिक्षक-शिक्षिकाहरूले समेत उत्कृष्ट नृत्य प्रस्तुत गरेपछि कार्यक्रमको रौनक अझ बढेको थियो।

कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दिप कुमार मण्डलले विद्यालयको शैक्षिक वातावरण र बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताकाे शुभकामना व्यक्त गरे । उनले अहिलेसम्म आइपुग्दा स्कुलले ठूलाे फड्काे मारेकाे उल्लेख गरे ।

सोही अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान गरेकाे छ । यस्तै विभिन्न अतिरिक्त क्रियाकलाप तथा वर्षभरिमा सबै गतिविधिमा उत्कृष्ट हुने बालबालिकाहरूलाई पनि पुरस्कार वितरण गरिएकाे छ । 

कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर रामप्रसाद पौडेलले बालबालिकाको चौतर्फी विकासका लागि व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । त्यस्तै, प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले विद्यालयको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले स्कुलले बालबालिकाहरूलाई व्यवहारिक र नैतिक शिक्षा पनि दिँदै आएकाे उल्लेख गरे । अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै हर्षोल्लासका साथ सम्पन्न भएकाे छ ।

View : 55

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved