पुर्वको गौरव , कोशी हेल्थ ईन्स्टिच्युट
विराटनगर ,श्रावण ९
 विराटनगर,तीनपैनीमा अवस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ। स्वास्थ्य तथा प्राविधिक शिक्षाको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेको यस संस्थाले हजारौं दक्ष जनशक्ति उत्पादन गरी देश तथा विदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा कार्यरत रहेका छन।
नेपाल सरकार अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धन प्राप्त यस इन्स्टिच्युटले व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विभिन्न डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थामा अध्ययन गरेका विद्यार्थीहरू हाल नेपालका सरकारी तथा निजी अस्पतालहरूमा मात्र होइन,अमेरिका, जापान, अष्ट्रेलिया,युरोपका विभिन्न देशहरु, खाडी मुलुकलगायत विभिन्न देशका स्वास्थ्य संस्थामा समेत सेवामा संलग्न छन्।
हाल संस्थाले पाँच कार्यक्रम सञ्चालनमा छन । जसमा  डिप्लोमा इन फिजियोथेरापी, मेडिकल ल्याब टेक्नोलोजी ,जनरल मेडिसिन (HA), डिप्लोमा इन फार्मेसी र पीसीएल नर्सिङका कार्यक्रमहरु संचालनमा छन ।
इन्स्टिच्युटमा अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, अस्पतालमै आधारित क्लिनिकल अभ्यास, र पेशागत दक्षता विकासमा केन्द्रित पाठ्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ।
"हामी शिक्षालाई सीप र सेवामा रूपान्तरण गर्ने माध्यमको रूपमा लिन्छौं। विद्यार्थीहरूलाई केवल सर्टिफिकेट होइन, व्यवहारिक ज्ञान र आत्मविश्वास पनि दिन चाहन्छौं," प्रीन्सिपल विकास अधिकारीले बताए ।
भर्ना प्रक्रिया सञ्चालनमा आइसकेको र इच्छुक विद्यार्थीहरूले कलेजमा सम्पर्क गर्न कलेज प्रशासनले अनुरोध गरेको छ ।  
View : 203
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved