जेसीजको सेवा
विराटनगर, असार २१
विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह २०८२’ अन्तर्गत सहारा एनिमल केयरलाई सम्मान गर्दै कुकुरहरूको हेरचाहका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।
“हेरचाह उनीहरूकाे जो बोल्न सक्दैनन्, सम्मान उनीहरूकाे जो थाक्दैनन्” नारासहित आयोजित कार्यक्रममा जनावर सेवकहरूको योगदानको कदर गर्दै सामग्री वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसीजका पूर्व अध्यक्ष श्यामसुन्दर पौडेल मिलनले सहारा एनिमल केयरको सेवाभावको प्रशंसा गर्दै जेसीजको यो अभियान सराहनीय रहेको बताए।
विशेष अतिथि भेटेरिनरी अधिकृत रिसब अर्यालले जनावरको स्वास्थ्य र कल्याणमा यस्ता कार्यक्रमहरूले ठूलो सहयोग पुर्याउने धारणा व्यक्त गरे।
सहारा एनिमल केयरकी सञ्चालक डा. रश्मि थापाले संस्थाको तर्फबाट सामग्री ग्रहण गर्दै धन्यवाद दिँदै भनिन्, “यस सहयोगले हाम्रो सेवामा थप ऊर्जा मिलेको छ।”
मुख्य कार्यक्रम संयोजक अभिषेक भट्टराईले मानवता र करुणाको भावना व्यवहारमा उतार्न जेसीजले निरन्तर विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिए।
त्यस्तै, अध्यक्ष प्रीतेशराज दाहालले जनावरप्रतिको सहानुभूति र सेवा समाजलाई अझ सभ्य र संवेदनशील बनाउने बताए।
कार्यक्रम संयोजक आशिका खतिवडाले सहारा एनिमल केयरलाई सामग्री वितरण गर्दै जनावर सेवकहरूको सम्मान गरिएको जनाइन्।
कार्यक्रम विराटनगरस्थित सहारा एनिमल केयर परिसरमा सम्पन्न भएको हो।
View : 610
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved