कोशी एक्सिलेन्स अवार्ड
विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ ।
इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने उक्त अवार्ड समारोह भव्य तयारीका साथ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।
कार्यक्रमका निर्देशक दिपक थापा का अनुसार समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन विशेष व्यवस्था गरिएको छ ।
नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने अवार्ड समारोहमा कोशी प्रदेशभरिका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ ।
कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, संगीत, बैंकिङ, इन्सोरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअप लगायतका क्षेत्र समेटेर उत्कृष्ट व्यक्तित्व चयन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने छ । साथै प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रममा पाँच सयभन्दा बढी सहभागी रहनेछन्, जसले यसलाई प्रदेशकै ठुलो अवार्ड समारोहमध्ये एक बनाउने विश्वास लिइएको छ ।
अवार्ड समारोह कान्तिपुर टेलिभिजन, विराट टेलिभिजन र सप्तकोशी टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हुने छ भने मुख्य साझेदार प्रदेश खबर डटकमको फेसबुक पेजबाट पनि लाइभ प्रसारण गरिनेछ । अवार्डको न्यूज एजेन्सी पार्टनरका रुपमा नेपाल न्यूज बैंक समेत रहेको छ ।
कार्यक्रमले कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको निर्देशक थापाले बताएका छन् ।
यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved