मानिस एउटा कर्म योगि
भगवानले बनाएका
जति दुख भोग्न पनि
उनैले नै सिकाएका
जीवन एउटा सपना हो
सपनामा रमाउने गर
जतिनै सुख भए पनि
त्यो दु:खलाई ठम्याउने गर
कहिले सुख कहिले दुख
मानिसका जीवन जिउने पाटाहरु
त्यही पाटामा मानिसका
जीवन जिउने बाटाहरु
समयमा नै जिउन सिकौ
दुखीलाई भलो गरि
मै ठूलो छु भन्ने अहम
पाल्न हुन्न कसै गरि
त्यहि अहमले खान्छ साथी
थाहै नपाइ हामीलाई
जीवन एउटा संघर्ष हो
संघर्षमा रमाउने गर
मानिस एउटा कर्मयोगी
भगवानले बनाएका
जति दु:ख भोग्न पनि
उनैले नै सिकाएका
जीवन एउटा सपना हो
सपनामा रमाउने गर
जतिनै सुख भए पनि
त्यो दु:खलाई ठम्याउने गर
भबेश पौडेल, विराटनगर
View : 1032
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved